दुई महिनादेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ठप्प भएको अन्तर्राष्ट्रिय उडान मार्च ९ तारिखबाट हुने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केहि समय अगाडी हिमालय र जजिरा एयरवेजले केहि उडान गरेका थिए तर केहि प्राविधिक तयारी नपुगेको भन्दै केहि समय पछी उडान बन्द गरेका  थिए ।

जजिरा एयरवेजले आउँदो मार्च ९ बाट नियमित उडानको तालिका प्रकाशन गरिसकेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

यो पनि पढ़नुहोस् : गुण एयरलाइन्सका विमानहरुलाई उडान भर्न रोक

करिब एक वर्ष अगाडिबाट संचालनमा आएको यो विमानस्थलमा मौसमी प्रतिकूलता र इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) प्रणाली संचालनमा नआएकै कारण पूर्ण रूपमा चल्न सकेको छैन ।

Visa Travels