nepal hydro developer

नेपाल हाइड्रो डेभलोपर आर्थिक वर्ष २०७८–७९ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा ३ करोड ३२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ करोड ३१ लाख कमाएको थियो । समिक्षाको अवधिमा खुद नाफा ४३ प्रतिशतले बृद्धि भएको छ ।

यस अवधिमा विद्युत विक्री आय ६ करोड ४६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ४९ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ३३ करोड ५९ लाख रहेको छ भने जगेडाकोष ३ करोड ७७ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १९.८२ रुपैयाँ रहेको छ । त्यसैगरी नेटवर्थ रु ११६.७८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात १९.१७ गुणा रहेको छ ।

Visa Travels