siddhartha insurance

सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । यस त्रैमासमा १४ करोड ७३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १४ करोड ११ लाख कमाएको थियो ।

यस अवधिमा कम्पनीले ७५ करोड १४ खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ६० करोड ३४ खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी पुनर्बीमा कमिशन आय १४ करोड ८८ लाख, लगनी, कर्जा तथा अन्यबाट ६ कारोड १२ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ३० करोड ६८ लाख खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता मिशन वापत १ करोड ४३ लाख र व्यवस्थापन खर्च १९ कोरोड ११ लाख गरेको छ ।

यस अवधिसम्ममा भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ३६ करोड रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०४० करोड रहेको छ भने जगेडा कोषमा २८ करोड १४ लाख रहेको छ । कम्पनीको

बीमा कोषमा १ अर्ब २५ करोड र महाविपत्ती जगेडामा १० करोड १९ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २०।१९ र नेटवर्थ रु २१६।०१ रहेको छ । त्यस्तै मुल्य आम्दानी अनुपात ३०।८७ गुणा रहेको छ ।

Visa Travels