shrijanshil laghubitta

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८० को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

यस अवधिसम्ममा संस्थाले १ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन थियो। यस अवधिमा नाफा ४९.५८ प्रतिशतले घटेकोछ ।

समीक्षाको अवधिमा कम्पनीले ९० करोड ५२ लाख निक्षेप र १ अर्ब १८ कर्जा सापटि लिई २ अर्ब ४० करोड कर्जा परिचालन गरेको छ । गत वर्ष कम्पनीले ७३ करोड ८६ लाख निक्षेप र १ अर्ब १९ करोड कर्जा सापटि लिई २ अर्ब २२ करोड कर्जा परिचालन गरेको थियो ।

समीक्षाको अवधिमा संस्थाले ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने गत वर्ष ८ करोड ६८ लाख रुपैयाँ रहेको थियो । संस्थाको संचालन मुनाफा २ करोड ३६ लाख रहेको छ भने गत वर्षमा ४ करोड ६८ लाख रहेको थियो । खुद ब्याज आम्दानी घटेसँगै प्रभिजन बढ्दा नाफा घटेको हो।

हाल संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख रहेको छ भने जगेडा कोषमा १० करोड ४५ लाख रुपैयाँ रहेको छ । कम्पनीको संचित नाफा १२ करोड १८ लाख रुपैयाँ रहेको छ ।

संस्थाको निष्कृत कर्जा अनुपात २.१४ प्रतिशत रहेकोछ भने गत वर्ष २.०८ प्रतिशत रहेको थियो ।

यस अवधिसम्ममा संस्थाको प्रतिसेयर आम्दानी ३०.२९ रुपैयाँ रहेको छ भने गत वर्षको यही अवधिमा ९३.७० रहेको थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ २४९.६७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ७५.५६ गुणा रहेको छ ।

Visa Travels