national hydropower

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले २६औं वार्षिक साधारणसभा आज चैत ३ गते हुँदैछ ।

सभा डेलिस ओपेरा रेष्ट्रो एण्ड ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरू हुनेछ । सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुंग्याउनेछ ।

यस वर्ष कम्पनीले लाभांश वितरणको प्रस्ताव भने गरेको छैन ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन १९ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीमात्र साधारणसभामा भाग लिन योग्य छन् ।

Visa Travels