ime life insurance

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा फागुन २८ निवेदन दिएको छ ।

कम्पनीले प्रति कित्ता २७६ रुपैयाँको दरमा कुल १ करोड २० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीले ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति मागेको छ।

कम्पनीले प्रति कित्ता २७६ रुपैयाँमा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। जसमा कम्पनीले अंकित मुल्य १०० रुपैयाँमा १७६ रुपैयाँ प्रिमियर रकम थप गरेको छ।

आइएमई लाइफ इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

Visa Travels