काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले २ कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ। बोर्डले मनकामना इन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।
बोर्डले मनकामना इन्जिनियरिङलाई २८ करोड रुपैयाँ र भगवती हाइड्रोपावरलाई १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने अनुमति दिएको छ।
यस कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ।
त्यस्तै, भगवती हाइड्रोपावरलाई प्रिमियममा आईपीओ निष्कासनको अनुमति दिएको छ। योसँगै अब यो कम्पनी अंकित मूल्य १०० रुपैयाँ १६ रुपैयाँ प्रिमियर थपेर प्रतिकित्ता ११६ रुपैयाँमा कुल १४ लाख ३० हजार १६२ रुपैयाँमा आईपीओ बिक्री खुला गर्नेछ।
यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
दुवै कम्पनीले स्थानीय र सर्वसाधारणका लागि गरी २ चरणमा आईपीओ बिक्री गर्नेछ।