काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले दुई वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ। बोर्डले चिरख्वा हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

चिरख्वा हाइड्रोपावरले चुक्तापुँजीको ३० प्रतिशत र माथिल्लो मैलुङ खोला जलविद्युतलाई २५ प्रतिशतले हुन आउने आईपीओ बिक्री गर्न स्वीकृति पाएको छ। दुवै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई शेयर निष्काशन गर्न छ ।

चिर्खुवा हाइड्रोपावर लिमिटेडले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिंग रहेको छ ।

कम्पनीले भोजपुरमा ४.७ मेगावाट अपर चिर्खुवा जलविद्युत आयोजना र भोजपुर मै ४.०६ मेगावाटको लोअर चिर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै, माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले २५ करोड बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो ।

कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Visa Travels