काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को साउन महिनामा ३ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनी र दुई निर्जीवन लघु बीमा कम्पनीले झन्डै ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका हुन्।
चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा बढी प्रिमियम कलेक्सन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। कम्पनीले साउन महिनामा ५५ करोड १५ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४२ करोड ५० लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३४ करोड ३७ लाख रुपैयाँ बढी प्रिमियम कलेक्सन गरेको छ।
प्रिमियम कलेक्सनमा सधैँ अग्रस्थानमा रहने शिखर इन्स्योरेन्स साउनमा चौथो स्थानमा रहेको छ । कम्पनीले ३३ करोड ६८ लाख रुपैयाँमात्रै प्रिमियम कलेक्सन गरेको छ।
यसैगरी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २९ करोड ९८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख रुपैयाँ, युनाइटेड अजोडले २६ करोड ४६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख रुपैयाँ, एनएलजीले २४ करोड ८ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ।
यता नेसनल इन्स्योरेन्सले १९ करोड ६० लाख रुपैयाँ, सानिमा जीआईसीले १७ करोड ८८ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ।
त्यस्तै, लघुबीमा कम्पनीहरुमा नेपाल माइक्रो इन्स्योरेन्सले ६३ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले भने जम्मा ३२ लाख रुपैयाँमात्रै प्रिमियम कलेक्सन गरेका छन्।