नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ शेयर सुचिकृत भएको छ । कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता सेयर सुचिकृत भएको हो । जसमध्ये १ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर रहेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओलाई १७२।४९ देखि ५१७।४७ रुयैयाँको ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीको सिएलआई (CLI) सिम्बलबाट कारोबार हुनेछ । भोलि बिहीबार इन्द्रजात्राको सार्वजनिक बिदा र पर्सि शुक्रबार परेकोले यो कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने भएको छ।
कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।