काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले विशेष साधारणसभा डाकेको छ। सञ्चालक समितिको आज भदौ ३१ गते बसेको बैठकले असोज १९ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले हाल कायम चुक्तापुँजी २ अर्ब १ करोड २३ लाखको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको विशेष साधारणसभा भाग लिन पाउनेछन्।