neco insurance

काठमाडौं । नेको इन्स्योरेन्सको विशेष साधारणसभा आज शुक्रबार (असोज १९ गते) बस्दैछ । कम्पनीको विशेष साधारणसभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयरका लागि नियामक बिमा प्राधिकरणले अनुमति दिइसकेको छ ।

विशेष सभाबाट प्रस्ताव पारित भएपछि हकप्रद सेयर निष्काशन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ । बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुन्छ ।

सभा प्रयोजनका लागि यसले असोज १० गते बुक क्लोज गरिसकेको छ । यसआधारमा असोज ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन पाउनेछन् ।

Visa Travels