काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार बढाएको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो।  यसअघि गत असार १० गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको हो।

प्रस्तावित हकप्रद विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ।

हकप्रद निष्कासनबाट प्राप्त हुने पुँजीमध्ये पाँच खपन हाइड्रोपावरमा ५१ प्रतिशत लगानी गर्ने निर्णय पनि कम्पनीले गरेको छ। बाँकी रकम बैंकबाट लिएको दीर्घकालीन कर्जाको भुक्तानी गर्ने निर्णय कम्पनीले गरेको छ।

Visa Travels