काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सले कात्तिक २१ गतेबाट आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेको नेपालीहरुमालाई आइपिओ बिक्री गर्न लागेकोहो ।
कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आईपीओ निष्काशन गर्नेछ ।
हिमालयन रिइन्स्योरेन्सले जारी पुँजी १० अर्बको ३० प्रतिशत अर्थात् ३ करोड कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात् ३० ला कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहलाई निष्कशन गर्नेछ ।
त्यस्तै, कम्पनीले कुल निष्काशनको २ प्रतिशत अर्थात् ६ लाख कित्ता आफ्नो कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ ।
सर्वसाधारणले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले मंसिर ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ।