काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले आज कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। पहिलो चरणमा १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख ४० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई बिक्री खुला गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतममा १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। यस आईपीओको निष्कासन बन्द कात्तिक २४ गते बैंकिङ समयपछि हुनेछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।