काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री निष्काशन गर्ने भएको छ
कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँब राबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख ४० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई बिक्री खुला गर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतममा १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। यस आईपीओको निष्कासन बन्द आउँदो कात्तिक २४ गते बैंकिङ समयपछि हुनेछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।