Nepal re insurance

काठमाडौ । नेपाल पुनर्बीमा कम्पनीको करिब ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको ५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताहरुले आज कात्तिक ३ गतेदेखि कात्तिक १२ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र आवेदन फाराम एनआइसी एशिया क्यापिटलमा पाइनेछ भने सोही स्थानमा फाराम बुझाउन सकिनेछ ।

लगानीकर्ताले न्युनतम १ लाख कित्ता र अधिकतम ५ लाख कित्ताका लागी आवेदन दिन सक्नेछन् । शेयर खरिदको लागि न्युनतम मुल्य २७० रपैयाँ तोकिएको छ ।

Visa Travels