national microfinance

काठमाडौं । नेशनल माइक्रोफाइनान्स  वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा संस्थाको खुद नाफा ४६.२१ प्रतिशतले घटेर ५ करोड ५० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी ६.२१ प्रतिशतले घटेर १४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको यस्तो आम्दानी १५ करोड ८९ लाख रुपैयाँ थियो ।

संस्थाको सञ्चालन मुनाफा ४६.२१ प्रतिशतले घटेर ७ करोड ८६ लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्ष यस्तो आम्दानी १४ करोड ६२ लाख थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको हो। असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड २९ लाख ४८ हजार रुपैयाँ रहेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.९५ प्रतिशतबाट बढेर ४.१७ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत ८३ लाख रुपैयाँ छुट्याएको छ।।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४८ रुपैयाँ १७ पैसा घटेर २० रुपैयाँ ३१ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५१.३४ गुणा रहेको छ।

१ अर्ब ८ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब १८ करोड १४ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा लघुवित्तले १५ अर्ब २७ करोड ६७ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट १७ अर्ब १६ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Visa Travels