काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेस (एलआईसी नेपाल)ले २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले गर्नेको निर्णयानुसार वार्षिक साधारणसभा आउँदो मंसिर १८ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११:१५ बजेबाट सुरु हुनेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १० गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।
कम्पनीले गत असोज २९ गते हकप्रद सेयर ल्याउन दिन नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएको छ। सेबोनको अनुमतिपछि कम्पनीले चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४८ प्रतिशतले हुने अर्थात् १:०.८८ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।