काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड ९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी नभएका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो। कम्पनीले सञ्चालन गरिरहेको हेवा खोला साना जलविद्युत आयोजना स्थलमा गत असार २ गते गएको बाढीले पूर्ण क्षति पुर्याएका कारण विद्युत उत्पादन गर्न नसकिएको कम्पनीले जनाएको छ।

कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ २५ पैसा रहेको छ।

Visa Travels