काठमाडौं । माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
असोज मसान्तसम्म कम्पनीको १३.३२ प्रतिशतले बढेर १२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ११ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको सञ्चालन मुनाफा ३.६४ प्रतिशतले बढेर २३ करोड ४ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २२ करोड २३ लाख रुपैयाँ थियो।
कम्पनीले विद्युत बिक्रीबाट २५ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा २.८७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष विद्युत बिक्रीबाट २४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चुक्तापुँजी १ अर्ब ३६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ र जगेडा कोषको आकार १०५.२० प्रतिशतले बढेर ४६ करोड ४७ करोडको उचाइमा पुगेको छ।
कम्पनीको ईपीएस सामान्य घटेर ९.३३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.३६ रुपैयाँ थियो। पीई रेसियो ४६.०४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४६.५५ रुपैयाँ रहेको छ।