काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले चालु आर्थिक पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको नोक्सानी घटेको छ ।

सो अवधिसम्म कम्पनी ७३ लाख ६३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्ष १ करोड ८५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीले यो अवधिसम्ममा कुल आम्दानी २५ लाख २८ हजार रुपैयाँ गरेको छ । असोज मसान्तसम्ममा कम्पनीको सञ्चालन घाटा ९६ लाख ४२ हजार रुपैयाँ रहेको छ । गत वर्ष पनि कम्पनी १ करोड ८५ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको थियो ।

हाल यसको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ४० करोड रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी ४९ पैसा (वार्षिक) ऋणात्मक रहेको यसको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ३२ पैसा छ ।

Visa Travels