काठमाडौं । रु रु जलविद्युत परियोजनाले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ३ करोड ६४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको यसैअवधिमा भन्दा ७.१५ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले ३ करोड ३९ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ५.९४ प्रतिशतले बढेर ५ करोड ३० लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा भने विद्युत् बिक्रीबाट ५ करोड ४८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

वित्तीय लागत ३३ लाख रुपैयाँबाट घटेर २१ लाखमा आएको छ भने प्रशासनिक खर्च २८ लाख रुपैयाँबाट घटेर १७ लाख रुपैयाँमा सीमित भएको छ ।

रु रु जलविद्युतको प्रतिसेयर आम्दानी (वार्षिक) २९.५३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४०.२८ रुपैयाँ छ ।

Visa Travels