काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
असोज मसान्तसम्म कम्पनीले ६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५०.५६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
सो अवधिसम्म मा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७.५२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २३ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर २५ करोड ३३ लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी १ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा १६ करोड ५१ लाख रुपैयाँ थियो।
कम्पनीको ईपीएस ५.१८ रुपैयाँ, पीई रेसियो ४८.४६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९८.९३ रुपैयाँ रहेको छ।