unnati sahakarya laghubitta

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज (कात्तिक २४ गते) अन्तिम दिन रहेको छ । संस्थाले कात्तिक २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१।१८ कित्ता सेयर निष्काशन गरेको हो। सो शेयरका लागि लगानीकर्ताले आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन सक्नेछन्।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ६८ लाख ६५ हजार ७३६ रुपैयाँ ३२ पैसा पुग्नेछ।

Visa Travels