काठमाडौं बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी १.८३ प्रतिशत घटेर २१ करोड ५ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २१ करोड ४४ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी थोरै मात्र घटेपनि वित्तीय आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ७७ पैसा घटेर ८ रुपैयाँ ८२ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३३.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा रहेको छ।