काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ४ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १.७८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीले १३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा ०.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १२ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५.६६ प्रतिशतले बढेर ४ अर्ब ६२ करोड पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड दाबी भुक्तानी गरेको थियो।
चुक्तापुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४९ करोड ८ लाख रुपैयाँ रहेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १०.४० रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १२.८८ रुपैयाँ रहेको थियो। पीई रेसियो ५१.०६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.१२ रुपैयाँ रहेको छ।