काठमाडौं । सिटी होटल लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा नोक्सानी घटाएको छ । चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड ३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ९२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
होटलको आम्दानी बढेसँगै नोक्सानी घट्न थालेको हो। होटलको सञ्चालन आम्दानी २७.४७ प्रतिशत बढेर ११ करोड ५९ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै होटलको प्रतिसेयर आम्दानी पनि ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा होटलको प्रतिसेयर आम्दानी १४ रुपोयँ ६५ पैसा ऋणात्मक रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा होटलको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ २ पैसा रहेको छ।
१ अर्ब ६४ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २ लाख ८५ हजार रुपैयाँ सञ्चित छ।