nepal telecom

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा ८.९० प्रतिशतले घटेर २ अर्ब २ करोड ७४ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी र वित्तीय आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो।

कम्पनीको बिक्री आम्दानी ५.४३ प्रतिशत घटेर ८ अर्ब ५८ करोड ५० लाख रुपैयाँमा खुम्चिएको छ । त्यसैगरी, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ३.५४ प्रतिशत घटेर १० अर्ब ६४ करोड ८७ लाख रुपैयाँमा खुम्चिएको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ४० पैसा घटेर ४५ रुपैयाँ ५ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५३४ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ३.०४ प्रतिशत बढेर ७८ अर्ब १३ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

Visa Travels