hidcl

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफा बढेको छ।

सो अवधिसम्म कम्पनीको खुद नाफा १६.६६ प्रतिशतले बढेर ३७ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३२ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको वित्तयि आम्दानी र अन्य आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ८.१३ प्रतिशत बढेर ५५ करोड १३ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी ८ हजार रुपैयाँबाट बढेर १ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५५ पैसा बढेर ६ रुपैयाँ ६६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.४९ गुणा रहेको छ।

२२ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा १५.४१ प्रतिशत बढेर २ अर्ब २८ करोड २६ लाख रुपैयाँ पुगेको छ।

Visa Travels