aviyan laghubitta

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्त २ करोड ८३ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ३ लाख रुपैयाँ धनात्मक रहेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी ४०.९९ प्रतिशत घटेर १ करोड १२ लाख रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा १ करोड ८९ लाख रुपैयाँ थियो ।

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४७ प्रतिशत घटेको छ। असोज मसान्तसम्ममा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। संस्थाको खराब कर्जा ४.९१ प्रतिशतबाट बढेर ६.८८ प्रतिशत पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको यस्तो आम्दानी ४५ रुपैयाँ ३७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९.६ प्रतिशत रहेको छ।

२५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष ९ लाख ९१ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

Visa Travels