vision lumbini urja

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ आज मंगलबार (मंसिर ५ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको आईपीओ आज (मंगलबार) बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बाँडफाँट गर्ने समय तालिका छ ।

कम्पनीको आईपीओमा मागभन्दा ६.५४ गुणा बढी आवेदन परेको छ । त्यसैले कम्पनीको आईपीओ हात पार्न भने भाग्यकै भर पर्नुपर्ने भएको छ । मागभन्दा बढी आवेदन परेकै कारण कम्पनीको आईपीओ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

आईपीओमा ११ लाख ९४ हजार ८२० जनाले कुल १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा २ लाख ७ हजार ५२८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ९ लाख ८७ हजार २९२ जनाको भने हात खाली हुनेछ ।

यस कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको थियो । यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो ।

Visa Travels