काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिकी वर्षको असोज मसान्तसम्म आइपुग्दा संस्था ४ करोड ७३ लाख ४१ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
अघिल्लो वर्ष यसैअवधिमा यसले ८५ लाख ७२ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी घट्दा र खराब कर्जा बढ्दा नोक्सानी झनै बढेको वित्तीय रिपोर्टले देखाएको छ ।
संस्थाको खुद ब्याज आम्दानी ३४.१५ प्रतिशतले घटेर ५ करोड ७४ लाख २३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ८ करोड ७२ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यसअवधिमा यसले ४ करोड ७० लाख ८८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको छ ।
असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ छ । खराब कर्जा बढेर ७.२७ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ २५ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ १० पैसा छ ।