काठमाडौं । सिद्धार्थ बैंकको आज मंगलबार मंसिर ५ गते वार्षिक साधारणसभा बस्दैछ । बैंकको सभा, आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
यस सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभाले पारित गर्ने एजेन्डा छ । साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।