काठमाडौं । सानिमा माई हाइड्रोपावरको वार्षिक साधारणसभा आज (कात्तिक २३ गते, बिहीबार) हुँदैछ ।
सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले असोज २४ गते बुक क्लोज गरिसकेको छ । त्यसैले, असोज २३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।