काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ। विद्युत नियमन आयोगले दोर्दी खोला जलविद्युतलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो।
कम्पनीले चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा पेश गर्न अनुमति दिएको हो ।
कम्पनीले अब हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गरी स्वीकृति गर्नेछ। साधारणसभाबाट पारित गरेपछि हकप्रद सेयर निष्कासनको प्रक्रिया कम्पनीले अगाडि बढाउनेछ।