काठमाण्डौ । होटेल फरेस्ट इन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा कात्तिक १५ गते निवदेन दिएको हो ।
कम्पनीले बोर्डबाट अनुमति पाएपछि ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता सयर निष्कासन गर्नेछ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो ।
यस कम्पनीले काठमाण्डौको बूढानीलकण्ठमा पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले होटेल सञ्चालनको लागि अन्तरराष्ट्रिय होटल ब्रान्डका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रूप सँग लाइसेन्स सम्झौता गरेको छ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया बिक्री प्रबन्धक रहेको छ ।