काठमाण्डौ । नबिल बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी पुस १३ गते ३९औं वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा गर्ने निर्णय गरेको हो । सभा बिहान १० बजेदेखि सुरु हुने छ।
सभाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । कम्पनीले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।