nepal insurance

नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब४९ करोड रहेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृत र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

Visa Travels