nepal warehousing

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आईपीओ आज (मंसिर २० गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार आज बिहान १० बजे आइपीओ बाँडफाँटको तयारी गरिएको छ ।

कम्पनीको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ११.९५ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
यसमा १२ लाख ५७ हजार ७५६ जनाले कुल १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख ६४ हजार १२५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ४३ हजार ६३१ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

Visa Travels