रिलायन्स स्पिलिङ मिल्स लिमिटेडले बुक बिल्डिङ विधि मार्फत आइपीओ निष्काशन गर्न अनुमति पाएको छ ।
यस कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सेयर बोलकबोल खुला गर्नेछ । कम्पनीले ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल मार्फत बिक्री गर्न अनुमति पाएको हो ।
संस्थागत लगानीकर्तालाई बोलकबोलमा प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धककमा ग्लोबल आइएमई क्यापिटलले रहेको छ ।