united idi mardi

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज फागुन ३ गते बिहीबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, आजसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

युनाइटेड इदी मर्दीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

Visa Travels