काठमाडौं । युनाइटेड इदी मर्दीको वार्षिक साधारणसभा आज (बिहीबार) हुँदैछ । कम्पनीको सभा, आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ५.७८९ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) दिने भएको हो । साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ । यसअघि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट यसले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको पनि अनुमोदन गर्नेछ।
साधारणसभा प्रयोजनका लागि यस कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ । फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।