shikhar insurance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको साधारणसभा आगामी चैत ९ गते शुक्रबारका दिन शिखर इन्स्योरेन्सको काठमाडौं थापाथलीमा रहेको केन्द्रीय कार्याल(शिखर विज सेन्टर)मा हुनेछ ।

सभाले आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ । फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । फागुन २५ र २६ गते क्रमाशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन ।

Visa Travels