annual general meeting

काठमाडौं । आज फागुन १८ गते शुक्रबार २ कम्पनीको वार्षिक साधारणसभा आज हुँदैछ । एसियन लाइफ इन्स्योरेन्स र मल्टिपर्पस फाइनान्सले साधारणसभा आज हुन लागेको हो ।

एसियन लाइफले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्दैछ भने मल्टिपर्पस फाइनान्सले लाभांश बिना नै साधारण सभा बोलाएको हो । एसियन लाइफ इन्सुरेन्सको साधारण सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

त्यसैगरी, बोनस सेयर वितरणपश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा पनि विशेष प्रस्ताव पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले आज मंगलबार फागुन ८ गते बुक क्लोज गरेको छ । तसर्थ, फागुन ८ भन्दाअघिसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

मल्टिपर्पस फाइनान्सको वार्षिक साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज सप्तरीमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।

सभामा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ ।

सभा प्रयोजनका लागि आज आइतबार फागुन ६ गते बुक क्लोज गर्दैछ । आज आइतबारभन्दा अघिल्लो दिनसम्म गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

Visa Travels