काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म वाणिज्य बैंकहरूले ४२ अर्ब ३० करोड ६० लाख रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकअनुसार बैंकहरूले सो नाफा गरेका हुन् ।
सर्वाधिक नाफा गर्नेको पहिलो नम्बरमा नबिल बैंकले रहेको छ । नबिलले फागुनसम्म ४ अर्ब ७२ करोड ४० लाख रुपैयाँ नाफा गरेको छ । सर्वाधिक नाफा आर्जन गर्नेको दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकले कुल नाफा३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ रहेको छ ।
तेस्रो नम्बरमा प्राइम कमर्सियल बैंकले २ अर्ब ८८ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड ७० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४० लाख, एनआइसी एसिया बैंकले २ अर्ब ५४ करोड २० लाख, एभरेष्ट बैंकले २ अर्ब २९ करोड, ३० लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ८ करोड ९० लाख रुपैयाँ नाफा गरेका छन् ।
कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६० लाख, हिमालयन बैंकले १ अर्ब ९४ करोड ८० लाख, एनएमबि बैंकले १ अर्ब ९२ करोड ५० लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब ८२ करोड, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड ६० लाख, सानिमा बैंकले १ अर्ब ६६ करोड ४० लाख, प्रभु बैंकले १ अर्ब ५१ करोड ४० लाख, कुमारी बैंकले १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ नाफा गरेको छ ।
यस्तै, नेपाल बैंकले १ अर्ब २८ करोड २० लाख, सिटिन्स इन्टरनेसनल बैंकले १ अर्ब २२ करोड ६० लाख, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड ४० लाख र नेपाल एसबिआई बैंकले १ अर्ब ८० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकले सार्जनिक गरेको तथ्यांकमा उल्लेख छ ।