काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल वेयरहाउजिङ्ग कम्पनीको नोक्सानी झनै चुलिएको छ । २ करोड ९९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको ९ महिनासम्म आईपुग्दा १४ करोड २ लाख नोक्सानीमा पुगेको छ।
चैत मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ६६ लाख ३६ हजार रुपैयाँ रहेको छ भने कुल खर्च १४ करोड ६९ लाख रुपैयाँ रहेको छ।
सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ १७ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १० पैसा रहेको छ।
६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी २० करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।