काठमाडौं । क्लासिक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्ट प्रा. लिमिटेडले गारो डीटी–६० मा अभूतपूर्व दायरासहित नेपालको अटोमोटिभ ल्यान्डस्केपलाई पुनः परिभाषित गर्दै ग्राउन्डब्रेकिंग गारो इभी प्रस्तुत गरेको छ।अटोमेटिभ क्षेत्रमा एक दशकभन्दा लामो अनुभव रहेको क्लासिक ह्वीलले गारो डीटी–६० सार्वजनिक गरेको छ ।
१० वर्षअघि स्थापना भएको यस कम्पनीले निरन्तर रूपमा क्रसफायर, इटालिकामोटो, ब्रिटिस एस, एसरबिस र टिम्सन जस्ता प्रसिद्ध ब्रान्डहरूलाई नेपाल भित्र्याएको हो ।
GAROW DT-60 असाधारण दायराको कारण फरक छ, जसले यसलाई इलेक्ट्रिक स्कूटर खण्डमा गेम–चेन्जर बनाउने कम्पनीको दाबी छ । एकल चार्जमा व्यापक दूरी कभर गर्ने क्षमत राख्दछ ।
१ सय २० केजी तौल रहेको यो स्कुटरको अधिकतम स्पीड स्पोर्टस् मोडमा ६७ किलो मिटर प्रति घण्टा र ड्राइभिङमा मोडमा ६० केजी प्रति घण्टा रहेको छ । १ सय ४० मिलिमिटरको ग्राउन्ड क्लियरियन्स छ भने स्कुटर ६ देखि ८ घण्टामा फुल चार्ज हुन्छ ।