काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद निष्कासन प्रस्ताव पारित गर्न कम्पनीको विशेष साधारण सभा आज बुधबार जेठ ३० गते बस्दैछ । कम्पनीको विशेष साधारणसभा कम्पनीको रजिष्टर्ड कार्याल, पानीपोखरी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभा प्रयोजनका लागि यसले जेठ २३ गते बुक क्लोज गरिसकेको छ । जेठ २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।