काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्न यस कम्पनीको विशेष साधारणसभा आज बिहीबार जेठ ३१ गते बस्दैछ ।
कम्पनीको विशेष साधारणसभा आम्रपाली ब्यांकेट टंगाल काठमाडौंमा बिहान १०:३० बजेदेखि सुरु हुनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि यसले जेठ २५ गते बुक क्लोज गरिसकेको छ ।
जेठ २४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् । हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।